बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले आदेश दियो

गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले आदेश दियो

142
Shares
142
Shares

काठमाडौँ । सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटमा भएको गौर हत्याकाण्डको छानबिन गरेर मुद्दा चलाउन आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको अदालतले रौतहट जिल्ला प्रहरीलाई यसको छानबिन गर्न भनेको हो ।

२०६३ साल चैत ७ गते गौरमा भएको यस घटनामा तत्कालीन माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । पीडित परिवारले प्रहरीमा रिपोर्ट गरे पनि छानबिन नभएपछि उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पीडित पक्षका त्रिभुवन साह लगायतले प्रहरीले दिएको रिपोर्ट अनुसार दोषीहरू विरुद्ध कारबाही गर्न माग गरेका छन् ।

२०६३ सालमा माओवादी र मधेसी जनअधिकार फोरमबीच झडप भएपछि २७ माओवादी कार्यकर्ता मारिएका थिए । उक्त समयमा मधेसी जनअधिकार फोरमका नेता रहेका, हाल जसपा अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव विरुद्ध पनि छानबिन गर्न माग गरिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend