मेलबर्न, मेलबर्नमा पहिलो पटक गाइजात्रा धुमधामसँग मनाइएको छ। यो कार्यक्रम मेलबर्नको ज्याक रोपार रिजर्भमा भएको थियो ।
कार्यक्रममा बाँसुरी र ढोल बजाउने, गाइजात्राको जुलुस निकाल्ने, मरेका मानिसहरूलाई सम्झन श्रद्धाञ्जली दिने, घिन्ताङघिसि (लट्ठी नाच) र लाखे नाच देखाउने, र रोपाई जात्राको नाटक प्रस्तुत गर्ने जस्ता रमाइला कार्यक्रमहरू थिए ।
लुम्बिनी-कपिलवस्तु विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठले गाइजात्राको इतिहास बताउँदै भने, “राजा प्रताप मल्लले आफ्नी शोकमा डुबेकी रानीलाई मन बहलाउन यस्ता कार्यक्रम गर्न लगाएका थिए। यसरी नै यो परम्परा चलिआएको हो।” उनले यमलोकको ढोका खुलेपछि मृत आत्माहरूले शान्ति पाउने पौराणिक कथा पनि सुनाए ।
कार्यक्रमको अन्त्यमा सबैलाई प्रसादको रूपमा समय बजी दिइएको थियो । यसरी नै, पार्कमा आउने विदेशीहरूले पनि यो कार्यक्रममा रुचि देखाए ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend