बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

भाइरल भिडियोपछि भुटानी व्यवसायीलाई ९ वर्ष जेल सजाय

भाइरल भिडियोपछि भुटानी व्यवसायीलाई ९ वर्ष जेल सजाय

55
Shares
55
Shares

भुटान । सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोका कारण भुटानका व्यवसायी धिरज प्रधानलाई अदालतले नौ वर्षको कारावास सजाय सुनाएको छ। सम्त्से जिल्लाको साङ्गाछोलिङ निवासी करिब ६० वर्षीय प्रधानलाई फेसबुक लाइभमार्फत सार्वजनिक भएको भिडियोपछि पक्राउ गरिएको थियो।

भिडियोमा प्रधानले भुटानमा राजाको तस्बिर राख्ने प्रचलनबारे टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिलाई लिएर भुटानी अधिकारीहरूले उनलाई राजतन्त्रप्रति अपमानजनक टिप्पणी गरेको तथा ‘त्सा-वा-सुम’ (राजा, राष्ट्र र जनता) को सिद्धान्तविरुद्ध बोलेको आरोप लगाएका थिए।

घटनापछि भुटानमा अभिव्यक्ति स्वतन्त्रता, निष्पक्ष कानुनी सहायता र नागरिक अधिकारको अवस्थाबारे बहस चर्किएको छ। प्रधानका आफन्त तथा मानवअधिकारकर्मीहरूले उनको सजायप्रति चिन्ता व्यक्त गर्दै तत्काल रिहाइको माग गरेका छन्।

हाल प्रधानलाई थिम्पुस्थित चेमगाङ केन्द्रीय कारागारमा राखिएको छ। यस घटनाले भुटानको न्यायिक प्रक्रिया, नागरिक स्वतन्त्रता र मानवअधिकार संरक्षणबारे गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend