बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

इनास मेरिल्यान्डद्वारा आयोजित “दोस्रो किड्स ट्यालेन्ट सो २०२६” भव्य रूपमा सम्पन्न

इनास मेरिल्यान्डद्वारा आयोजित “दोस्रो किड्स ट्यालेन्ट सो २०२६” भव्य रूपमा सम्पन्न

67
Shares
67
Shares

बाल्टिमोर, अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा International Nepali Artists Society (INAS) Maryland द्वारा आयोजित “दोस्रो किड्स ट्यालेन्ट सो २०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, कला, संस्कृति तथा पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रवासमा हुर्किएका नेपाली बालबालिकाहरूले गायन, नृत्य तथा नेपाली भाषा वक्तृत्वकलामा उत्कृष्ट प्रस्तुति दिएका थिए।

कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत शरद राज आर्यन प्रमुख अतिथिका रूपमा सपरिवार सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारी तथा ब्रिगेडियर जनरल पूर्ण प्रसाद ढकाल सपरिवार उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा केही समयका लागि बाहिरिनुपरे पनि कार्यवाहक राजदूत आर्यनले कार्यक्रमप्रति आफ्नो विशेष रुचि रहेको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो।

कार्यक्रम सफल बनाउन इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारीले स्वागत, व्यवस्थापन तथा समन्वयमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। सहभागीहरूले उहाँको नेतृत्वमा कार्यक्रम व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएको बताएका छन्। त्यसै गरी कार्यक्रम संयोजक सुशील पंगेनी तथा अमृता नेपालको आकर्षक सञ्चालन, बालबालिकासँग नेपाली भाषामा गरिएको आत्मीय संवाद तथा उत्कृष्ट व्यवस्थापनले दर्शकहरूको विशेष प्रशंसा पाएको थियो।

प्रतियोगितामा गायनतर्फ वरिष्ठ गीतकार सञ्जीव प्रधान तथा भगवान् भण्डारी, नृत्यतर्फ वरिष्ठ कलाकार उषा पौडेल, पूजा चन्द तथा सारंगा श्रेष्ठ, साथै नेपाली भाषा वक्तृत्वकलातर्फ डा. रानी शाक्य, कवि सुनिता बस्नेत तथा कवि नीर थापा निर्णायक मण्डलमा रहनुभएको थियो।

प्रतियोगितामा नृत्यतर्फ प्रतिष्ठा देवकोटा, गायनतर्फ आर्शिभ खनाल तथा नेपाली भाषा वक्तृत्वकलातर्फ कृपा ढकाल च्याम्पियन बन्न सफल भएका छन्।

त्यसै गरी उत्कृष्ट प्रदर्शन गर्दै Top 10 Finalists मा निसिजा गर्बुजा, राइम केसी, सृजिता तामाङ, शिवानी रामदाम, जिज्ञासा केसी, सोनिया बराइली, एन्स्ली मगर, समृद्धि पाथदेउती, संगीत पहारी तथा मिरन लिम्बु छनोट भएका थिए।

कार्यक्रममा सहभागी प्रतिभाशाली बालबालिकाहरू

नृत्य (Dance)
सुसिता पंगेनी, राइम केसी, अपेक्षा धुंगेल, प्रकृति ढकाल, प्राप्ति डी. खत्री, सियारा मगर, प्रमोनिका वालिङ, ब्रियाना लक्ष्मी ओझा, आन्वी पौडेल, निसिजा गर्बुजा, मिरन लिम्बु, शिवानी रामदाम, श्रेया पौडेल, प्राज्ञी इहिना सुनार, कृषा विश्वकर्मा, आरुग्य ढकाल, रियान्सी तामाङ, सृजिता तामाङ, दृष्टि शर्मा, सोनिया बराइली, जिज्ञासा केसी तथा प्रतिष्ठा देवकोटा।

गायन (Singing)
आर्शिभ खनाल, समृद्धि पाथदेउती, प्रसन्न पौडेल तथा संगीत पहारी।

नेपाली भाषण (Speech)
कृपा ढकाल, दिव्यांक कमाली तथा एन्स्ली मगर।

कार्यक्रममा प्रमुख प्रायोजक तथा संस्थापक सल्लाहकार अमर छन्त्याल तथा सह-प्रायोजक इन्द्र थापाको विशेष योगदान रहेको थियो। साथै संस्थाका निवर्तमान अध्यक्ष तथा संगीतकर्मी लक्ष्मण पौडेल कार्यक्रम व्यवस्थापनमा सक्रिय रूपमा खटिनुभएको थियो।

यस अवसरमा मेरिल्यान्ड स्टेट डेलिगेट आदरणीय डा. ह्यारी भण्डारीद्वारा इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारी तथा कार्यक्रम संयोजक सुशील पंगेनीलाई नेपाली भाषा, कला, संस्कृति तथा समुदायप्रति पुर्‍याएको योगदानको सम्मान स्वरूप Maryland General Assembly बाट सम्मान पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी सम्पूर्ण बालबालिकालाई नेपाली झन्डासहितको खादा, मायाको चिनो, प्रमाणपत्र तथा जनही ५० डलर प्रदान गरिएको थियो भने Top 10 Finalists लाई १०० डलर तथा प्रत्येक च्याम्पियनलाई ५०० डलर पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमकै अवसरमा इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारी, कार्यक्रम संयोजक सुशील पंगेनी तथा निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले संयुक्त रूपमा “इनास कला केन्द्र” स्थापना गर्ने घोषणा गरेका छन्।

उक्त कला केन्द्रमार्फत नेपाली नृत्य, गायन, नेपाली भाषा कक्षा तथा जुम्बा कक्षा सञ्चालन गरिने जानकारी दिइएको छ। नयाँ पुस्तालाई नेपाली संस्कृति र पहिचानसँग जोड्दै प्रतिभा विकास गर्ने उद्देश्यले कला केन्द्र स्थापना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रममा इनास उत्तर अमेरिका क्षेत्रीय संयोजक राहुल केसी, सह-संयोजक दिनेश कार्की, इनास अमेरिका अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष गोपाल चन्द्र लामिछाने, कोषाध्यक्ष मनीष शर्मा, इनास भर्जिनिया अध्यक्ष विश्व पौडेल, सल्लाहकार राजु केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा आयोजक इनास मेरिल्यान्डले सम्पूर्ण Sponsors, Judges, पत्रकार, फोटोग्राफर, स्वयंसेवक, अभिभावक तथा सहभागी बालबालिकाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend