सिड्नी। अस्ट्रेलियामा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक नेपाली युवक पुनः पक्राउ परेका छन्।
सिड्नीस्थित एक बाल हेरचाह केन्द्रमा कार्यरत २४ वर्षीय जयन्द्रजंग शाहीलाई बालबालिकालाई थप्पड हानेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। यसअघि पनि उनीमाथि बालबालिकालाई कुटपिट गरेको आरोप लागेको थियो। दश दिनकै अन्तरमा उनी दोस्रो पटक पक्राउ परेका हुन्।
सिसिटिभी फुटेजमा दिउँसो करिब १ बजे बालबालिका सुतिरहेको अवस्थामा उनले ३ र ४ वर्षका दुई बालकलाई थप्पड हानेको देखिएको छ। घटनापछि अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ।
उनकी श्रीमतीले भने पारिवारिक वियोगका कारण उनको मानसिक स्वास्थ्य अवस्था कमजोर रहेको दाबी गरेकी छन्। शाहीलाई मे ५ (मंगलबार) पुनः अदालतमा उपस्थित गराइनेछ।

Photo: AI Generated
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend