बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

साउदीको जुवेलमा दुई दिने ‘घुम्ती राहदानी सेवा शिविर’ सञ्चालन हुँदै

साउदीको जुवेलमा दुई दिने ‘घुम्ती राहदानी सेवा शिविर’ सञ्चालन हुँदै

32
Shares
32
Shares

रियाद, साउदी अरेबिया । नेपाली राजदुतावास, रियादले साउदी अरेबियाको जुवेल (Jubail) मा दुई दिने घुम्ती राहदानी सेवा शिविर सञ्चालन गर्ने भएको छ। राजदूतावासद्वारा जारी सूचना अनुसार, जुवेल र आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई राहदानी सम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो शिविर आयोजना गर्न लागिएको हो ।

शिविर सम्बन्धी विवरण:
मिति: २०८३ जेठ ०८ र ०९ गते (मे २२ र २३, २०२६), शुक्रवार र शनिवार।
स्थान: शार्ख एसियन रेस्टुरेन्ट (Sharq Asian Restaurant), जुवेल।
समय: बिहान ९:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म (समय आवश्यकता अनुसार परिवर्तन हुन सक्नेछ)।
उपलब्ध सेवाहरू: राहदानी नवीकरण र राहदानी वितरण।

सेवाग्राहीका लागि महत्त्वपुर्ण जानकारी:
राहदानी नवीकरण गर्न चाहने सेवाग्राहीहरूले अनिवार्य रूपमा अनलाइन Pre-enrollment Form भरेको हुनुपर्नेछ। फारम भरेको मितिमा मात्र शिविरमा उपस्थित हुन राजदूतावासले आग्रह गरेको छ। राहदानी फारम भर्नका लागि विभागको आधिकारिक लिङ्क https://emrtds.nepalpassport.gov.np/ प्रयोग गर्न सकिनेछ।
शिविर सञ्चालन हुने स्थानको लोकेसन गुगल म्यापमार्फत https://maps.app.goo.gl/kMREPjkQgc6smx1M9 मा हेर्न सकिने जानकारी दिइएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend