हङकङ । लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुनः श्यामकुमार गुरुङ निर्वाचित भएका छन् । हङकङमा सम्पन्न समितिको १३औँ अधिवेशनले गुरुङको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगतप्रसाद गुरुङ, सचिवमा गमन घले, सहसचिवमा सन्तोष गुरुङ, कोषाध्यक्षमा मीनबहादुर गुरुङ तथा सहकोषाध्यक्षमा पञ्चमान गुरुङ चयन भएका छन् ।
यसै गरी सदस्यहरूमा रेवती गुरुङ, कल्पना घले, पुष्पादेवी गुरुङ, ओमकला गुरुङ, पेमा गुरुङ, अमृत गुरुङ, मेनुका गुरुङ, सुनिता गुरुङ, बुद्धिप्रसाद गुरुङ, हर्कबहादुर गुरुङ, बेलबहादुर गुरुङ, इन्द्रकुमार गुरुङ, नरेश गुरुङ, निशा गुरुङ, सिता गुरुङ, प्रज्ञा गुरुङ, कविता गुरुङ, प्रितम गुरुङ र किशोर गुरुङ रहेका छन् ।
लमजुङ सेवा समिति हङकङ हङकङमा बसोबास गर्दै आएका लमजुङवासीहरूको साझा संस्था हो । संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्नुका साथै समस्यामा परेका लमजुङवासीलाई आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दै आएको जनाएको छ ।
समितिले ‘मर्स्याङ्दी नाइट’ लगायत सांस्कृतिक कार्यक्रममार्फत संकलन गरेको रकमबाट २०७१ सालमा लमजुङमा सम्पर्क समिति गठन गरी अक्षयकोष स्थापना गरेको थियो । उक्त अक्षयकोषमार्फत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा खेलकुद क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend