बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

कैलालीमा श्रीमान्, श्रीमतीमाथि चल्यो गोली, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

कैलालीमा श्रीमान्, श्रीमतीमाथि चल्यो गोली, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

67
Shares
67
Shares

धनगढी । कैलाली गोदावरी नगरपालिका वडा नम्बर–४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगर र उनकी २८ वर्षीय श्रीमती संजिता मगरमाथि गोली प्रहार भएको छ ।

गोल प्रहारबाट २८ वर्षीया संजिता मगरको मृत्यु भएको छ, भने ३१ वर्षीय रामबहादुर मगर घाइते भएका छन् ।

बुधबार जङ्गलमा बाख्रा चराउन गएका बेला उनीहरूमाथि गोली प्रहार भएको थियो ।

प्रहरीले राम बहादुरले आफ्नी श्रीमतीमाथि भरुवा बन्दुकको गोली चलाएर आफूलाई पनि गोली हानेको हुन सक्ने अनुमान गरेको छ ।
अहिले घाइते अवस्थाका रहेका रामको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय माला खेतीका डिएसपी रण बहादुर चन्दले बताएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend