बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

भारतमा एक बेहुलीको दुई बेहुलासँग विवाह

भारतमा एक बेहुलीको दुई बेहुलासँग विवाह

192
Shares
192
Shares

भारत । भारतको हिमाचल प्रदेशको सिरमौर जिल्लाको शिलाई गाउँमा एक बेहुलीको दुई बेहुलासँग विवाह भएको छ । उक्त अनौठो विवाहले धेरै चर्चा पैदा गरेको छ ।

कुम्हाट गाउँकी सुनिता चौहानले दुई दाजुभाइ – प्रदीप नेगी र कपिल नेगीसँग एकैसाथ बिहे गरेकी छन्। यो विवाह हाटी समुदायको पुरानो चलन “जोडीदारा” वा “जाजडा” अनुसार भएको हो। यो समुदायले अनुसुचित जनजातिको दर्जा पाएको छ ।

यस विवाहमा सयौँ गाउँलेहरू र नातेदारहरूले भाग लिए। पारम्परिक खाना, लोकगीत र नाचले समारोहलाई रमाइलो बनाएको थियो । यो विवाह सांस्कृतिक परम्पराको उदाहरण भए पनि यसले धेरै प्रश्नहरू पनि खडा गरेको छ ।

Photo: Social Media

 

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend