बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

41
Shares
41
Shares

बाजुरा । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढा रहेका छन्।

शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भिर घाईते भएका थिए ।

उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

.

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend