सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

“हनी ट्र्याप” मा पारेर १४ लाख असुल्ने महिला पक्राउ

“हनी ट्र्याप” मा पारेर १४ लाख असुल्ने महिला पक्राउ

105
Shares
105
Shares

सुर्खेत, कर्णाली । सुर्खेत जिल्ला प्रहरी कार्यालयले आर्थिक फाइदा लिने उद्देश्यले “हनी ट्र्याप” गरी १४ लाख २५ हजार रुपैयाँ असुल्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ परेकी महिला नौमुले गाउँपालिका–८, दैलेखकी २१ वर्षीया सिन्दु चन्द हुन्, जो हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी छिन् ।

प्रहरी प्रवक्ता तथा नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाका अनुसार, सिन्दुले विसं २०८१ भदौमा वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यू होटलमा मनोज कोइरालालाई बोलाएर उनसँग चिनजान र सहमतिको आधारमा सम्बन्ध बनाएकी थिइन् । पछि उनले यस सम्बन्धलाई दुरुपयोग गर्दै मनोजलाई जबर्जस्ती करणी मुद्दामा फसाउने, सोसियल मिडिया र मिडियामा नाङ्गो फोटो सार्वजनिक गर्ने धम्की दिई डराएर बेइमानीपूर्वक १४ लाख २५ हजार रुपैयाँ असुल गरेकी थिइन् ।

पीडितबाट रकम असुली गरेको प्रमाणसहित शिकायत प्राप्त भएपछि प्रहरीले मङ्गलबार सिन्दुलाई पक्राउ गरेको हो । उनलाई आर्थिक लाभ लिने (एक्सटर्सन) आरोपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend