बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

लोकप्रिय सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्ब्यासडर’ नियुक्त

लोकप्रिय सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्ब्यासडर’ नियुक्त

61
Shares
61
Shares

लन्डन । बेलायतस्थित कम्पनी, ए स्टार मोर्गेजेज, ले चर्चित टिभी प्रस्तोता टिकाराम यात्रीलाई आफ्नो कम्पनीको ‘ब्रान्ड एम्ब्यासडर’ नियुक्त गरेको छ।

पश्चिम लन्डनस्थित ए स्टार मोर्गेजेजको कार्यालयमा बुधवार आयोजित एक कार्यक्रममा उक्त कम्पनीका प्रबन्ध निर्देशक मीन दर्लामी तथा यात्री मिडिया प्रालिका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक टिकाराम यात्रीले एक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरे ।

“नेपालका चर्चित टिभी पत्रकार तथा संचारकर्मी टिकाराम यात्रीलाई हाम्रो कम्पनीको ब्रान्ड एम्ब्यासडर’ नियुक्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ। हामी उहाँको व्यक्तित्व, शालीनता र व्यावसायिकताको प्रशंसा गर्दछौँ र उहाँसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ,” ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मीन दर्लामीले भने ।

पत्रकार टिकाराम यात्रीले बेलायतस्थित नेपाली व्यवसायीले प्रवर्द्धन गरेको प्रतिष्ठित कम्पनी ए स्टार मोर्गेजेजसंग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै आफुलाई यो जिम्मेवारी दिएकोमा ए स्टार मोर्गेजेजलाई धन्यवाद दिए । “अहिले संसार विश्व ग्राम (ग्लोबल भिलेज) बन्दै गएको छ। नेपाल बाहिर प्रवासी नेपालीहरूले गरेको प्रगति हाम्रो लागि पनि गौरवको कुरा हो। तपाईँको प्रगतिमा साझेदारी गर्न हामी सधैँ तत्पर छौँ,” उनले भने ।

ए स्टार फाइनान्सियल सलुशन कम्पनी तथा ए स्टार मोर्गेजेजले गएको १४ वर्ष देखि नेपाली लगायत अन्य समुदायलाई मोर्गेजेज, रियल एस्टेट, बिमा, पेन्सन, इन्भेस्टमेन्ट, इच्छा पत्र र एस्टेट प्लानिङ सम्बन्धी सुझाव तथा सल्लाह प्रदान गर्दै आएका छन्। साथै, ए स्टार मोर्गेजेजले रि – फाइनान्सिंग, बाइ -टु-लेट मोर्गेज तथा इक्विटी पुन:निवेशमार्फत आफ्नो सम्पत्ति पोर्टफोलियो विस्तार गर्न पनि परामर्श प्रदान गर्दै आएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend