बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

बाजुरामा ७ वटा नयाँ मतदान स्थल थप, ६ मतदान स्थल स्थानान्तरण

बाजुरामा ७ वटा नयाँ मतदान स्थल थप, ६ मतदान स्थल स्थानान्तरण

59
Shares
59
Shares

बाजुरा । बाजुरामा ७ वटा नयाँ मतदान स्थल थप गरिएका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै ७ वटा नयाँ मतदान स्थल थपिएका हुन् ।
मंसिर १४ गते जिल्ला निर्वाचन कार्यालय बाजुराले गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले ७ वटा नयाँ मतदान स्थल थप गरेको हो ।

यहाँको स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र बुढीनन्दा नगरपालिकामा नयाँ मतदान स्थल थप गरिएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आवि रुढी, मण्डाली मावि खोलीकोट र वडा नं.–३ जुकोटलाई विभाजन गरी शम्भुशुनन्दा मावि जुकुमा नयाँ मतदान स्थल राखिएको छ ।

बुढीनन्दा नगरपालिका–३ मा मदन आश्रित आवि बड्डाला, हिमाली गाउँपालिका–१ मा शुनन्दा आवि बाम, वडा नं.–५ कुलामष्टाजन आवि क्युरी र वडा नं.–६ खोलीकोट आवि पाडीमा पनि नयाँ मतदान स्थल थपिएका छन् ।

योसँगै जिल्लामा मतदान स्थलको संख्या ७७ पुगेको छ भने मतदान केन्द्र ११२ रहेका छन् । साथै, जिल्लाभित्र ६ मतदान स्थल स्थानान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतले जानकारी दिएका छन् ।

उनका अनुसार, बुढीनन्दा–३ को सिराडी मतदान स्थल कालीका मावि भुलेनामा तथा त्रिवेणी–८ को नवदुर्गा आवि झालगाउँ ढडाली स्वास्थ्य केन्द्रमा सारिएको छ । बुढीगंगा नगरपालिका–२, ३, ५ र ९ का मतदान स्थल सम्बन्धित वडाको कार्यालयमा सारिएका छन् ।

बाजुरामा हाल ८६ हजार ५५७ मतदाता रहेका छन्। जसमा महिला ४१ हजार ९२०, पुरुष ४४ हजार ५३५ र अन्य २ जना छन् । असोज १० देखि मंसिर ५ गतेसम्म जिल्लामा १ हजार ५१६ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

निर्वाचन आयोगले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend