बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

छिटो पासपोर्ट बनाइदिने नाममा रकम असुल्दै आएका तीन बिचौलिया पक्राउ

छिटो पासपोर्ट बनाइदिने नाममा रकम असुल्दै आएका तीन बिचौलिया पक्राउ

37
Shares
37
Shares

काठमाडौं । पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट गैरकानुनी रूपमा रकम असुल्ने तीन बिचौलियालाई प्रहरीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–१ का ३२ वर्षीय भाग्यनारायण साह, धादिङ नेत्रावती गाउँपालिका–२ का ३६ वर्षीय विरेन्द्र थापा मगर र सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ का ४३ वर्षीय मिक्टे लामा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, उनीहरूले राहदानी विभागको मुख्य गेट बाहिर सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाउँदै “छिटोछरितो पासपोर्ट बनाइदिने” बहानामा अतिरिक्त रकम लिँदै आएका थिए।

कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, उनीहरूले सेवाग्राहीलाई दुःख दिने मात्र नभई विभागका कर्मचारीको नियमित काममा समेत अवरोध पु¥याउँदै आएको भन्ने गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही आधारमा खटिएको टोलीले आइतबार ती तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend