बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अक्सफोर्ड विश्वविद्यालयले प्रा. सुवेदीको नाममा राखेको पुरस्कारको विजेता घोषणा

अक्सफोर्ड विश्वविद्यालयले प्रा. सुवेदीको नाममा राखेको पुरस्कारको विजेता घोषणा

240
Shares
240
Shares

लन्डन — प्रख्यात अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा राखिएको वार्षिक पुरस्कारको विजेता घोषणा गरेको छ। यो पुरस्कार पिएचडीको उत्कृष्ट शोधपत्र लेख्ने विद्यार्थीलाई दिइन्छ।

यस वर्षको पुरस्कार डा. आइडेन लेर्चलाई उनको शोधपत्रका लागि दिइएको छ। उनको शोधको विषय थियो — “अदालतले मुद्दाको अन्तिम निर्णय नआउन्जेलसम्म कसरी अस्थायी आदेश दिएर अन्याय रोक्न सक्छ?”

डा. लेर्चको यो शोधपत्र अक्सफोर्ड विश्वविद्यालयको कानुन विभागको सर्वोत्कृष्ट शोधपत्र मानिएको थियो।

प्रा. सुवेदी अक्सफोर्डबाट पिएचडी गरेका हुन् र सन् २०१९ मा उनलाई यस विश्वविद्यालयले “डक्टर अफ साइन्स” (DSc) को मानार्थ उपाधि दिएको थियो। सन् २०२० मा उनको नाममा यो वार्षिक पुरस्कार स्थापना गरिएको हो।

प्रा. सुवेदी हाल बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुन्। उनी बेलायतका बैरिस्टर र केसी (KC) पनि हुन्। दुई वर्ष अघि अक्सफोर्डको एक्सेटर कलेजले उनलाई अन्तर्राष्ट्रिय कानुनमा उल्लेखनीय योगदानका लागि “आजीवन मानार्थ प्राज्ञ” (आनरेरी फेलो) घोषित गरेको थियो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend