बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

साइबर अपराधमा संलग्न भएको आरोपमा ओमानले २० नेपालीलाई गर्‍यो ‘डिपोर्ट’

साइबर अपराधमा संलग्न भएको आरोपमा ओमानले २० नेपालीलाई गर्‍यो ‘डिपोर्ट’

51
Shares
51
Shares

ओमान । साइबर अपराधमा संलग्न रहेको आरोपमा ओमान सरकारले २० जना नेपाली नागरिकलाई ‘डिपोर्ट’ (देश निकाला) गरेको छ। डिपोर्ट गरिएका मध्ये ११ जना नेपाली यसै साता नेपाल आइपुगिसकेका छन् भने बाँकी नौजना पनि केही दिनभित्रै स्वदेश फर्कने ओमानस्थित नेपाली दुतावासले जानकारी दिएको छ।

केही महिनाअघि पक्राउ, कैद सजायपछि डिपोर्ट
ओमान प्रहरीले केही महिनाअघि साइबर अपराधको आरोपमा एकैदिन २६४ जनालाई पक्राउ गरेको थियो, जसमा २० जना नेपाली रहेका थिए । ओमानको स्थानीय अदालतले उनीहरूमाथि लागेको अपराध पुष्टि भएपछि कैद र जरिवानाको फैसला सुनाएको थियो ।

दुईजनालाई ६ महिना कैद र ६०० रियाल (करिब २ लाख १० हजार नेपाली रुपैयाँ) जरिवाना।
१८ जनालाई ६ महिना कैद र ३०० रियाल (करिब १ लाख ५ हजार नेपाली रुपैयाँ) जरिवाना।

अदालतको फैसलाअनुसार उनीहरूले ६ महिनाको कैद सजाय भुक्तान गरेपछि नेपाल डिपोर्ट गरिएको हो। डिपोर्ट हुने २० नेपालीमध्ये एकजना महिला पनि छिन् ।

नेपाली दुतावासका अनुसार पक्राउ परेका नेपालीहरू सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने कार्यमा संलग्न थिए। पछिल्लो समय यस प्रकारको ठगी निकै बढेको भन्दै दूतावासले यस्ता प्रलोभनमा नपर्न ओमानमा रहेका सबै नेपालीलाई अनुरोध गरेको छ। Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend