सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको एक वर्ष पुग्न दुई साता बाँकी रहँदै सरकारको कार्यकालको समीक्षा सुरु गरेको छ।
असार मसान्तमा ओली प्रधानमन्त्री बनेको एक वर्ष पुग्दै छ। बुधवार बसेको एमाले सचिवालय बैठकले सरकारले एक वर्षमा गरेका कामबारे समीक्षा गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार एमालेले आफ्नो नेतृत्वको सरकारले स्थायित्वको सुरुआत गरेको ठहर गरेको छ। “पार्टीले यो एक वर्षको समग्र अवस्थालाई सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ,” ज्ञवाली भन्छन्।
प्रतिनिधिसभामा दुईतिहाइ बहुमतको समर्थन पाएको सरकारले अपेक्षाअनुसारको परिणाम देखाउन नसकेको सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत बताउँछन्। यो समाचार बिबिसिमा अशोक दाहालले लेखेका छन ।
यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend