मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

प्रतिपक्षीको विरोधबीच ‘बलपूर्वक’ संसद् चलाउने सभामुखको ‘शैली’का पक्ष-विपक्षमा तर्कवितर्क

प्रतिपक्षीको विरोधबीच ‘बलपूर्वक’ संसद् चलाउने सभामुखको ‘शैली’का पक्ष-विपक्षमा तर्कवितर्क

74
Shares
74
Shares

दुई प्रतिपक्षी दलका अवरोधबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनलाई सोमवार समेत निरन्तरता दिएपछि रास्वपा र राप्रपाका नेताहरूले उनको भूमिकामाथि संसद्‌मै असन्तुष्टि जनाए।

तर एक संविधानविद्ले सदनको सञ्चालन कुनै कानुनी मापदण्डभित्र पर्ने नभई सभामुखले आफ्नो तजबिजी अधिकार प्रयोग गर्ने विषय भएको टिप्पणी गरेका छन्।

बीबीसीसँग कुरा गर्दै अर्का संविधानविद् चाहिँ यस विषय समाधानका लागि सभामुखतर्फ भन्दा प्रधानमन्त्रीतर्फ प्रश्न सोझ्याइनुपर्ने बताउँछन्।

गत जेठ १५ मा बजेट पेस गर्न दिएका विपक्षी दलहरूले त्यसयता कुनै पनि बैठक चल्न नदिएकामा गत शुक्रवारयता सभामुख घिमिरेले विरोधकै बीच सदनका कारबाही अगाडि बढाएका छन्।

सभामुख घिमिरेले निश्चित समयभित्र बजेट पारित गर्नुपर्ने समयसीमाको दबावमा रहेको बताउँदै सोमवार समेत सदनको कारबाही अगाडि बढाएका थिए। यो समाचार बिबिसी नेपालीमा प्रदीप बस्यालले लेखेका छन ।

Compressed by jpeg-recompress

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend