बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

शिवानी एसइई डान्स च्याम्पियनसिपमा सर्वोत्कृष्ट

शिवानी एसइई डान्स च्याम्पियनसिपमा सर्वोत्कृष्ट

196
Shares
196
Shares

काठमाडौँ, यो वर्षको एसइई दिएर बसेर विधार्थीहरुबिचको राष्ट्रिय नृत्य प्रतियोगिता ‘छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२’मा शिवानी थापामगर उत्कृष्ट भएकी छिन् । काठमाडौँ, कपनमा रहेको बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनले आयोजना गरेको यो प्रतियोगितामा शिबानीले एसइई डान्स च्याम्पियनसिपको ट्रफी र मेडलसँगै १ लाख रुपैयाँ नगद र ११ र १२ कक्षाको पूर्ण छात्रवृत्ति जितिन् ।

शनिवार बेलुका नाचघरमा आयोजित कार्यक्रममा २० जना फाइनल प्रतिस्पर्धीले नृत्य प्रस्तुत गरे । देशभरका करिब २८० प्रतिस्पर्धी मध्य फाइनलको लागि २० जना प्रतियोगी चयन भएका थिए । जस मध्यबाट शिवानीले प्रथम पुरस्कार जितेकी हुन् । यस्तै सो प्रतियोगितामा दोस्रो हुँदै एग्रिया सिंहले ५० हजार रुपैयाँ सहित प्लस टुको छात्रवृत्ति र गोविन्द गुरुङ कुसुमले तेस्रो हुँदै ३० हजार रुपैयाँ सहित प्लस टुको पूर्ण छात्रवृत्ति जिते । दुवैले पुरस्कार सहित मेडल र ट्रफी पनि पाए ।

छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२ को उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गरेका थिए । उनले विजेताहरू सबैलाई शुभकामना दिए ।

कार्यक्रममा तेन्जिङ पाल्जोर लामाले सान्त्वना पुरस्कार सहित प्लस टुको पूर्ण छात्रवृत्ति र पाए भने पब्लिक च्वाइस अवार्ड सहित प्रशिका अधिकारीले पनि प्लस टुको पूर्ण छात्रवृत्तिसहित मेडल र ट्रफी हासिल गरिन् । यो प्रतियोगितामा ‘बेस्ट स्किल अवार्ड’ सहित गौतम खड्काले प्लस टुको पूर्ण छात्रवृत्ति पाए । एसइई डान्स च्याम्पियनसिप विजेता शिवानी थापामगरका कोरियोग्राफर अविनाश हमालले उत्कृष्ट कोरियोग्राफर भए ।
यो च्याम्पियनसिपको ग्रान्ड फिनाले समारोहको निर्णायकमा कोरियोग्राफरहरु गम्भीर विष्ट, प्रिन्स श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन र शान्ति कठायत थिए । नम्बरको आधारमा यो प्रतियोगिताको विजेतादेखि उत्कृष्ट १० भित्र परेका सबै विद्यार्थीहरूले प्लस टु अध्ययनको लागि पूर्ण छात्रवृत्ति पाएका छन् । मनासलु कलेज मुख्य प्रयोजक रहेको यो प्रतियोगितामा मनासलुसहित अन्य कलेजहरुले प्रतियोगिताका उत्कृष्ट १०मा परेकाहरूलाई प्लस टुको पूर्ण छात्रवृत्ति दिने आयोजक संस्थाका अध्यक्ष एवम् प्राज्ञ महेश गोदारले सो कार्यक्रममा बताए ।

यो प्रतियोगिता आयोजना गरेको आयोजक संस्था बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीका अध्यक्ष तथा प्राज्ञ महेश गोदारले कार्यक्रममा स्वागत मन्तव्य राख्दै नृत्य र पढाइलाई सँगै अघि बढाउन सन्देश दिनको लागि आफुले यो प्रतियोगिता ६ वर्षदेखि आयोजना गर्दै आएको बताए ।

सो समारोहमा वरिष्ठ लोक गायक नारायण रायमाझी, नृत्य विज्ञ रामचन्द्र (आरसी) कोइरालालगायतलाई नेपाली गीत सङ्गीत तथा नृत्य क्षेत्रमा योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend