भारत । बिहीवार अहमदाबादमा भएको एअर इन्डियाको विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेकाहरूले उक्त विमानको डिजिटल भिडिओ रेकर्डर फेला पारेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अधिकारीहरूले अझै उक्त विमानको ब्ल्याक बक्सको खोजी गरिरहेको बताएका छन् जुन उपकरणले तिनीहरूलाई विमान दुर्घटना हुनुको खास कारण थाहा पाउन सहयोग पुर्याउन सक्छ।
उक्त बोइङ ७८७ ड्रिमलाइनर विमान उडानको केही समयभित्रै दुर्घटनाग्रस्त हुन पुगेको थियो। उक्त विमानमा २४२ जना सवार थिए भने एकजना यात्रु जीवित रहन सफल भएका थिए।
परिवारले शारीरिक चिन्हहरूका आधारमा सनाखत गर्न सकेका छ वटा शवहरू उनीहरूलाई हस्तान्तरण गरिएको भारतीय प्रहरीले जनाएको छ।
डिएनए परीक्षण गरेर शवको पहिचान गर्नका केही समय लाग्न सक्ने बताइएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend