म्युनिक । जर्मनीभरबाट विभिन्न पेसामा संलग्न नेपालीहरूको वार्षिक सम्मेलन ‘नेपाली रूट्स सम्मेलन २०२५’ अगस्ट ९ मा म्युनिकमा सम्पन्न भयो । “ह्वेर आइडियाज् मिट एक्सन्स् एण्ड कम्युनिटी मिट्स अपरच्यूनिटिज्” शीर्षकमा आयोजित यस कार्यक्रममा ७५ जना अनुसन्धानकर्ता, उद्यमी, इन्जिनियर र विद्यार्थीले सहभागिता जनाए ।
नेपाली रूट्सका अध्यक्ष डा. कृतन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूत डा. शैल रुपाखेतीले जर्मनी-नेपाल सहकार्यमा प्रवासी नेपालीको भूमिका बताए। वरिष्ठ जलवायु वैज्ञानिक डा. महेश्वर रुपाखेतीले नेपालमा जलवायु परिवर्तनको असर र समाधानका लागि प्रवासी समुदायको सहयोग आवश्यक भने ।
प्यानल छलफलमा जलवायु परिवर्तन, प्रविधि, नीति र उद्यमीताका विषयमा विचार आदान-प्रदान भयो। कार्यक्रममा समूहगत छलफल गरी समाधानका उपाय पनि खोजिए।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend