सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

गजल

गजल

37
Shares
37
Shares

उत्साह बिना यो जीवन के हुन्छ ?
यसरी यो मन दु:खले नै छुन्छ ।

नैराश्य पालेर बाँच्नु के बँचाई?
जब कि हरदम् यो दिल त रुन्छ ।

आक्रोश,आवेग लिएर नबाँचौँ
यिन्ले त मनको खुशी नै धुन्छ ।

मन यो कंचन स्वच्छ सफा होस्
जस्ले नै दु:खको भोटो नि तुन्छ ।

राखौन मित्रता गुणिलो जो छ,है
उसले पीडाको चित्कार जो सुन्छ ।

  • प्रतिक्रिया दिनुहोस

    आचार्य प्रभा का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend