मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

उपन्यासकार गङ्गाप्रसाद भेटवालको उपन्यास “विश्वकर्मा भोजनालय“मा भोजन गरेपछिको पाठक अनुभूति

उपन्यासकार गङ्गाप्रसाद भेटवालको उपन्यास “विश्वकर्मा भोजनालय“मा भोजन गरेपछिको पाठक अनुभूति

132
Shares
132
Shares

​नेपाली समाजमाव्याप्तजातीय उत्पीडन, पहिचान सङ्कट, विभेदभित्र छटपटाएका जीवन, त्यो विभेदको चपेटासँगको व्यावसायिक सफलता र राजनीतिक चेतनाको पूर्ण कथा बोकेको ग्रन्थ हो–उपन्यास “विश्वकर्मा भोजनालय“ ।

​उपन्यासको मूलपात्र सुरज विश्वकर्मा पैँतालीस वर्षको उमेर पूरा गरेर अस्ट्रेलियाबाट नेपाल फर्किन्छ। व्यक्तिगत सम्पन्नता हासिल गरेर पनि उसमा’जिन्दगीको सार के हो? म केकालागिआएको हुँ?’ भन्ने प्रश्नको भुमरी चल्छ। निरुत्तर प्रश्नको रन्कोमाउपन्यास कहिले ज्वार बनेको छ त कहिले भाटा ।

​बुलबुले तालको किनारमा भएको भेटमा शुकदेव बाजेले सुनाएको छोराको हत्याको पीडादायी कथाले जातीय विभेदको पराकाष्ठा उदाङ्गो पारेको छ। एउटा ’तल्लो जात’भनिएको केटाले ’माथिल्लो जात’की केटीसँग प्रेम गरी भागेपछि समाजले त्यसको नकारात्मक प्रचार गर्छ र हत्याको खेल कसरी  खेलिन्छ भन्ने कुरा छर्लङ्ग छ पुस्तकमा। विश्वकर्मा भएर पनि लामो विदेश बसाइले जातीय विभेदको चोट बिर्सिएको सुरज यो घटनाबाट मर्माहत हुन्छ। लेखकले यहाँ प्रवासी नेपालीले बिर्सिएको ’जातीय प्रताडनाको कठोर यथार्थ’ कलात्मक एवं यथार्थ रूपमा प्रस्तुत गरेका छन् ।

​लेखक’विश्वकर्मा राजा’को लोककथालाई उपन्यासमा अत्यन्त चातुर्यका साथ घुलन गराउन सफल भएका छन्। अर्को राजाले आक्रमण गरेपछि भागेर जानेहरू ’पूजनीय विश्वकर्मा बाबा’बने, तर यतै बस्नेहरूलाई दबाएर दलित बनाइयो भन्ने प्रसङ्गले मान्छेलाई दलितकरण गरिनु विद्रोहीहुनुको परिणति हो भन्ने सन्देश दिन लेखक सफल छन्। धार्मिक वाजन्मजातजातीयविभेद शक्ति र राजनीतिको उपज मात्र हो भन्ने गहन दार्शनिकतर्क उपन्यासकारले घुमाउरो पारामा पेस गरेका छन् ।

​उपन्यासको उत्तरार्धमा सुरजका छोरा राजु र छोरी प्रतिभाको विशेष उपस्थिति छ। सुर्खेत र नेपालगन्जमा’विश्वकर्मा भोजनालय’का रूपमा उभिएको होटेल अन्ततः नेपालगन्जमा पाँचतारे होटेल बन्छ। होटेल सङ्घको नेतृत्वबाट राजनीतिक यात्रा आरम्भ गर्दै संसद्सम्मको यात्राका उतार चढावले पाठकलाई पढि रहन उक्साइ रहन्छ। “दलितको अवस्था जाति गत होइन, कामगराइ र आर्थिक अवस्थाको कुरा हो । अब नेपालमा कोही दलित छैन,“ यो कथनले पुस्तकको सार सन्देश दिएको छ। जातीयता पूर्व निर्धारित चिनो होइन, यो ऐतिहासिक शोषणको उपज हो ।

​एलिसा र प्रतिभा जस्ता महिलापात्रपनिबलिया छन् । ’जन्मदिनको उपहार मायामाग्नु’भन्ने क्षणले एलिसाको स्वाभिमान देखाउँछ। प्रतिभाको सशक्त चित्रण उल्लेखनीय छ।  बुलबुले तालको सन्ध्या, शुकदेव बाजेको काँप्दो स्वर, विश्वकर्मा राजाको लोककथा जस्ता दृश्यात्मक चित्रणहरूले पाठकको मन छुन्छन् ।व्यवसाय, बैंक ऋण र महासङ्घको बैठकको यथार्थपरक चित्रण उपन्यासको अर्को उपलब्धिहो ।

​निष्कर्षमा, यो उपन्यास नेपालीजातीयव्यवस्थाको साहसिकविश्लेषण हो ।बुलबुले तालको मार्मिक प्रसङ्ग र विश्वकर्मा राजाको कथाले यो पुस्तकलाई सम्झनलायकबनाएका छन् । ’अर्को चुनावको प्रतीक्षा’भन्ने अन्त्यले जातीयमुक्तिको यात्राअझै अधुरो रहेको सङ्केत गर्छ ।शिल्पका केहीकमजोरी भविष्यमा सुधार हुने नै छन् । समग्रमा, “विश्वकर्मा भोजनालय“विषयवस्तुको गहिराइमापुगेर लेखिएको उपन्यास हो भन्ने यो पाठकलाई लाग्यो । लेखकगङ्गाप्रसाद भेटवालज्यूलाई हार्दिक शुभकामना ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend