बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

साहित्यकार पोखरेलको नियात्रा संग्रहको अङ्ग्रेजी संस्करण सार्वजनिक

साहित्यकार पोखरेलको नियात्रा संग्रहको अङ्ग्रेजी संस्करण सार्वजनिक

123
Shares
123
Shares

काठमाडौँ । साहित्यकार लेखनाथ पोखरेलको नियात्रा संग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’को अंग्रेजी संस्करण पाठकमाझ आएको हो ।

यात्रा वृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाइस गुच्छाहरूको सँगालोको रूपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसङ्गको संग्रह गर्नुभएको छ ।

कृतिमा ‘ऐँसेलुखर्कको चिट्ठा, मैले देखेको मधेस, लुइँचको शिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्को, सिलाङ घुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुंगोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खास्टो, हिमालपारिको जिल्ला जाँदा र मेलबर्न घुम्न जाँदा जस्ता शीर्षकमा लेखकले यात्रा गर्दा देखेका, भोगेका, अनुभव गरेका र ऐतिहासिक तथ्य पस्कनु भएको छ । ‘धरणीमा मेरो यात्रा’बाट सुरु गरिएको कृतिमा नागाल्याडको संस्कृति भुटान नरेशको प्रसंगमा पनि यसमा समेटिएको छ ।

कृतिमा लेखकले उहाँका जीवनका बाल्यकालदेखि यौवनसम्मका स्मृतिहरू, विद्यार्थीकालका अनुभव र अनुभूति, जागिरे जीवनका भोगाइ र अवकाश प्राप्त जीवनका अनुभवहरू जस्ता चार कालखण्डलाई बढो रोचक, सन्देश मूलक, तथ्यपरक र ज्ञानबर्द्धक रूपमा पस्किएको महाकाव्यकार खेमनाथ दाहाल बताउनुहुन्छ ।

‘लेखक लेखनाथ पोखरेलले अत्यन्तै सरल भाषा र पठनीय शैलीमा ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, राजनीतिक र राष्ट्रिय चेतले ओतप्रोत युक्त यात्रा विवरणका रूपमा प्रस्तुत गर्नुभएको छ कृतिमा’, स्रष्टा दाहालले भन्नुभयो, ‘नेपाली संस्करण जस्तै अंग्रेजीलाई पनि पाठकले मन पराउनेछन् ।’

आफूले देखेका भोगेका अनुभूति र यात्रा विवरणलाई यस कृतिमा उतार्ने कोसिस गरेको भन्दै लेखक पोखरेलले ‘आफ्नो अतीतलाई उधार्ने र आफ्नो स्मृतिलाई तिखार्ने प्रयासपछि बितेका क्षणका अनगिन्ती कुराको स्मरणको ठुलै सँगालो आफूभित्र जम्मा हुन पुग्यो, ती सबै संस्मरणलाई लिपिबद्ध गर्ने जमर्कोले यो कृति तयार भएको हो’, भन्नुभयो । उहाँले अंग्रेजी संस्करणको पनि माग भएको हुँदा यसै रूपमा पाठकमाझ आएको बताउनुभयो ।

नेपाली संस्करणको पत्रकार/लेखक कृष्ण भुसालले सम्पादन गर्नुभएको थियो भने महाकाव्यकार खेमनाथ दाहालको भूमिका छ । आशिष् पोखरेल प्रकाशक रहनु भएको २२४ पृष्ठको यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend