बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

निर्वाचन आयोगको निर्णय मान्य छैन्, सर्वोच्च अदालत जान्छौं: प्रवक्ता डा. महत

निर्वाचन आयोगको निर्णय मान्य छैन्, सर्वोच्च अदालत जान्छौं: प्रवक्ता डा. महत

62
Shares
62
Shares

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले निर्वाचन आयोगले माघ २ गते (हिजो) गरेको निर्णय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् ।

शनिवार सानेपामा बसेको देउवा पक्षको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता महतले निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको भन्दै न्यायका लागि सर्वोच्च अदालत जाने बताए ।

उनले भने, ‘निर्वाचन आयोगले २०८२ माग २ गते गरेको निर्णय नेपालको संविधान प्रचलित कानून, नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरिएको ठहर गरिएको छ । कथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटिरुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित भएको बैठकले ठहर गरेको छ ।’

यस्तो निर्णय दुर्भावनाबाट प्रेरित भएको र यसले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई गम्भीर क्षति पु¥याउने मनसाय स्पष्ट देखिएको बैठकको निष्कर्ष रहेको उनले बताए ।

उनका अनुसार बैठकले विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक रूपमा परिवर्तन गर्ने प्रयासलाई लोकतान्त्रिक व्यवस्थामाथिको आघातका रूपमा व्याख्या गरेको छ । साथै, उक्त निर्णय मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुर्घटनातर्फ धकेल्ने षड्यन्त्रको एक अंश भएको दाबी गरिएको छ।

‘केन्द्रिय समितिको बैठकले नेपाली कांग्रेसका सम्बन्धमा देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित केन्द्रिय कार्यसमितिलाई अवैधानिक ढङगले परिर्वतन गरि नेपाली कांग्रेसलाई गम्भिर क्षति पुर्याउने मनसाय प्रष्ट देखिन्छ,’ उनले भने ।

निर्वाचन आयोगको निर्णयप्रति कडा विरोध जनाउँदै बैठकले त्यसविरुद्ध संवैधानिक तथा कानूनी उपचारका साथै राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।

‘यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो । निर्वाचन आयोगको दुरासयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णय विरुद्ध संवैधानिक एंव कानूनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ,’ उनले भने ।

आफूहरु आइतबार सर्वोच्च अदालत जाने र सर्वोच्च अदालत नै आफूहरुको अन्तिम सुनुवाइ गर्ने भएकाले रिट पेश गर्ने पनि बताए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend