बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले नोबेल शान्ति पुरस्कार ट्रम्पलाई सुम्पिइन्

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले नोबेल शान्ति पुरस्कार ट्रम्पलाई सुम्पिइन्

37
Shares
37
Shares

वासिङ्टन डिसी। भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले अमेरिकाको ह्वाइट हाउसमा भएको निजी भेटका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कार सुम्पिएको बताएकी छन्। बिहीबार भएको उक्त भेटमा मचादोले पुरस्कार ट्रम्पलाई हस्तान्तरण गरेकी हुन्।

यसप्रति प्रतिक्रिया जनाउँदै राष्ट्रपति ट्रम्पले मचादोको कदमको प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै मचादोलाई साहसी र संघर्षशील महिला भन्दै उनको सम्मानजनक व्यवहारको कदर गरे। ट्रम्पले यसलाई आपसी सम्मानको उत्कृष्ट उदाहरण भएको उल्लेख गरेका छन्।

यो ट्रम्प र मचादोबीचको पहिलो प्रत्यक्ष भेट थियो। हालै भेनेजुएलामा राजनीतिक घटनाक्रम तीव्र बनेको छ। राजधानी काराकासमा राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएपछि देशको सत्ता कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजको हातमा पुगेको छ।

मचादोको आन्दोलनले सन् २०२४ को विवादित निर्वाचनमा विजय दाबी गरे पनि ट्रम्प प्रशासनले भेनेजुएलाको वर्तमान नेतृत्वबारे स्पष्ट समर्थन जनाएको छैन।

Photo: White House

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend