बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

रवि लामिछाने विरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग संशोधन गर्न निर्देशन

रवि लामिछाने विरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग संशोधन गर्न निर्देशन

57
Shares
57
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्न महान्यायाधिवक्ता सविता भण्डारीले सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी छन् । लामिछानेको निवेदनका आधारमा कास्की, रुपन्देही, काठमाडौँ र पर्साका सरकारी वकिललाई अभियोग पत्र संशोधनका लागि अदालतमा निवेदन दिन भनिएको हो।

महान्यायाधिवक्ताले ठोस प्रमाण र पर्याप्त अनुसन्धानबिनै पूरक अभियोग पत्र दायर भएको, सहकारी ठगीमा लामिछानेको संलग्नता नदेखिएको तथा प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबीलाई आधार मानेकी छन्। अब जिल्ला अदालतले अनुमति दिए अभियोग पत्र संशोधन हुनेछ, नदिए पुरानै अभियोग पत्र कायम रहनेछ। यस विषयले कानुनी तथा राजनीतिक बहसलाई थप चर्काएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend