बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

मिस लिटिल नेवाको ट्यालेन्ट शो सम्पन्न

मिस लिटिल नेवाको ट्यालेन्ट शो सम्पन्न

64
Shares
64
Shares

काठमाडौं । नेवार समुदायका बालिकाहरुको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले मिस लिटिल नेवाको १५आँै संस्करणअन्र्तगत शनिवार राजधानीमा ट्यालेन्ट शो सम्पन्न भएको छ ।
गौशालास्थित होटेल पौवामा सम्पन्न ट्यालेन्ट शोमा मिस लिटिल नेवाका ९ देखि १३ बर्षका २० प्रतिस्पर्धीले आपूmमा अन्र्तनिहीत विभिन्न कला प्रदर्शन गरे ।

प्रतिस्पर्धीहरुले नृत्य, स्केटिङ, जिम्न्याष्टिक, चित्रकला, भ्वाइलीन वादन, धिमे वादन, चर्या नृत्य, कुमारी नृत्य, बज्रयोगिनी नृत्य, स्केचजस्ता विविध प्रतिभा प्रदर्शन गरेर निर्णायक र अभिभावकलाई आकर्षित गर्ने प्रयास गरे । ट्यालेन्ट शोमा प्रायः प्रतिस्पर्धीले नेवारी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सफू बज्राचार्य, नेभा डंगोल, क्रिस्टिना खड्गी, श्रेयाÞ बलामी, प्रिन्सिका शाही, आरोग्या महर्जन, समृद्धि खड्गी, आन्या महर्जन, सुरवी बज्राचार्य, अर्शिया महर्जन, देजला शाक्य, रिपान्शी श्रेष्ठ, सचिका महर्जन, रोजलिन शाक्य, श्रीषा श्रेष्ठ, सहिना शाक्य, बिदिशा महर्जन, क्रिस्टिना महर्जन, सस्था मानन्धर र लिडिया महर्जनले प्रतिस्पर्धा गर्दैछन् ।
ट्यालेन्ट शोमा अधिवक्ता लक्ष्यमान महर्जन, लायन्स क्लब काठमाडौं डिष्ट्रिकका सल्लाहकार मनकृष्ण श्रेष्ठ, डा. शिक्षिता श्रेष्ठ, नमुना फेसन कलेजका भाईस पिन्सिपल जिवेस्वरलाल श्रेष्ठ, बाँसुरीवादक सचिन महर्जन, नेवारी फिल्मकी अभिनेत्री हिसिला महर्जन, नेवार भाषा प्रशिक्षक राजु नापित र मिस लिटिल नेवा नयना शाक्य निर्णायक रहेका थिए ।

ट्यालेन्ट शो आयोजक संस्था नेप्लिज फेसन होम तथा फाइट फर लाइफ नेपालकी अध्यक्ष हेमा मनान्धरको सभापतित्व, आरडी फाउन्डेसनका फाउन्डर डा. देवकाजी डंगोलको प्रमुख आतिथ्यता, ज्यापू समाज यलका अध्यक्ष सन्तमान महर्जन, मिस लिटिल नेवा ११४१ आर्या श्रेष्ठ, मिस लिटिल नेवा ११४३ सुज्योति डंगोल र मिस लिटिल नेवा मिस ट्यालेन्ट अनिका महर्जनको विशेष आतिथ्यता, तथा मिस लिटिल नेवा कार्यक्रमका को–अर्गनाइजर दिलकुमार महर्जन, पोखरेली दिदीबहिनी कोषकी कोषाध्यक्ष जुना श्रेष्ठ, न्यूज २४ का मार्केटिङ म्यानेजर सगुन ताम्राकार, असिस्टेन्ट मार्केटिङ म्यानेजर झरना श्रेष्ठ, स्पर्श मर्म थेरापीका अध्यक्ष सालिका चित्रकार, तस्वीर स्टुडियोका अध्यक्ष शिवलाल श्रेष्ठ, आरडी. फाउन्डेसनका सचिव ज्ञानु राजा महर्जन र फिनल्यान्डबाट ड्यानियल रोल्सरको आतिथ्यतामा सम्पन्न कार्यक्रमअन्तर्गत सबै सहभागीको हेयर तथा स्किन टेस्ट पनि गरिएको थियो । जसमा व्युटिसियन सोनी रञ्जितकार र मिना श्रेष्ठ निर्णायक रहेका थिए ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी माघ ५ गते राजधानीमा हुनेछ । प्रतियोगिता मिस नेवा सकिना महर्जन, मिस नेवा प्रलिशा शाक्य र मिस नेवा सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवा कृषा महर्जनको संयोजनमा सम्पन्न हुनेछ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend