बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

कांग्रेस–एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ: अध्यक्ष ओली

कांग्रेस–एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ: अध्यक्ष ओली

53
Shares
53
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । मंगलबार बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले तत्काल निर्वाचन हुने वातावरण अझै नबनिसकेको धारणा पनि राखे ।

उनका अनुसार एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार तथा केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको अवस्था देखिएको छ । यस प्रक्रियामा सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि निरन्तर दबाब र धम्की दिइँदै संसद् पुनःस्थापना हुन नदिने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताए ।

अध्यक्ष ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य थप चुनौतीपूर्ण बन्दै गएको र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको दाबी गरे । यस्तो परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारु र सशक्त ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै उनले प्रत्येक तहमा युवाहरूको सक्रिय परिचालन आवश्यक रहेको बताए । टोल–टोलमा ‘नेसनल युथ भोलिन्टियर्स फोर्स’ गठन गर्दै निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्ने उनको स्पष्ट धारणा रहेको थियो।

अध्यक्ष ओलीले कतिपय व्यक्तिहरू नियतवश विनाशकारी भुमिकामा उत्रिएको तथा केही स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएको आरोप समेत लगाए । विकासको नाममा विदेशी एजेन्डा बोकेर राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले दाग लागेका र अक्षम व्यक्तिहरूलाई योजनाबद्ध रूपमा एकत्रित गरिएको टिप्पणी गरे ।

तर नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना बलियो भएकै कारण बंगलादेशमा भदौ २३ र २४ गते भएका घटनालाई नेपालमा ‘महान उपलब्धि’ भनेर दाबी गर्ने साहस उनीहरूले गर्न नसकेको ओलीको भनाइ थियो । अन्ततः देश ध्वस्त बनाउने कामको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने अवस्था आएको उनले उल्लेख गरे ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend