भर्जिनिया: मनासास पार्क शहरमा आफ्नी श्रीमती ममता काफ्ले भट्टको हत्या मुद्दामा पक्राउ परेका नरेश भट्टको केस अब २०२६ अक्टोबरसम्म ढिला भएको छ । अदालतले जुलाई १८ मा यो फैसला सुनाएपछि ममताको परिवार र समुदाय निराश छन् ।
नरेश भट्टमाथि हत्या, शव लुकाउने र अपमान गर्ने आरोप छ । वकिलहरूले थप समय मागेपछि न्यायाधीशले केस २०२६ अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म चलाउने निर्णय गरेका छन ।
यसबाट रिसाएका समुदायले “ममताको लागि न्याय” अभियान अन्तर्गत भोली जुलाई २०, आइतबार बिहान ९–१० बजे प्रिन्स विलियम काउन्टी अदालतमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
सबैलाई रातो लुगा लगाएर प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ। ममताको परिवारले न्यायको माग गर्दै साथीहरू, परिवार र मानवअधिकार कार्यकर्ताहरूलाई समर्थन मागेका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend