दाङ । राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीले खानेपानी क्षेत्रमा सरकारले लगाएको कर, विद्युत महसुल तथा उच्च ब्याजदरले जनताको मौलिक अधिकार हनन गरेको बताएका छन् ।
हालै दाङको प्रगतिनगर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले उपभोक्ता समितिहरू खारेजी तथा विघटन गरी स्थानीय तहलाई दिइएको अधिकारप्रति विरोध समेत जनाए ।
संस्थाका अध्यक्ष भरत प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष ओली प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले उपभोक्ताले सहज रुपमा खानेपानी उपलब्ध गराइनुपर्ने बताए ।
बिष्टले गाउँपालिकाले गरिब तथा विपन्न जनतालाई धारा जडान गर्दा ५० प्रतिशत छुट प्रदान गर्ने नीति लिएको जानकारी गरा
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend