बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक: जेनजी युवा

जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक: जेनजी युवा

36
Shares
36
Shares

काठमाडौं । जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेनजी युवाहरुले ठहर गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरुका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् ।

जेनजी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मागहरुबारे सरकार बेखबरजस्तै बन्नु दुर्भाग्य भएको बताएका छन् । दिनदिनै नौजवान युवाहरु विदेशीनु, देशको आर्थिक अवस्था जरजर बन्नुको मुख्य कारक पूराना दलहरु भएको र उनीहरुको विकल्पमा नयाँ शक्ति खडा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

युवाहरुले स्वदेशमै भविष्य खोज्ने अवस्था नभएको बताउँदै शाहीले भने,‘किन हाम्रो श्रम विदेश जान्छ, किन हाम्रो मष्तिस्क स्वदेशमा थामिदैन यस किसिमको गम्भीर प्रश्नको जवाफ कसले दिन्छ ?’

इन्द्र शाहले जेनजीमाथि बरबर दमन गर्ने पुरानो सरकार प्रमुख खुलेआम हिँडेको भन्दै आक्रोश व्यक्त गरे । ‘केपी ओली र रमेश लेखकहरु किन सानपूर्वक बोलिरहेका छन्, के हाम्रा साथिहरुको बलिदान यसैका लागि थियो’ शाहले प्रश्न गरे ।

प्रकाश संज्यालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले जेनजी मर्म र भावनालाई लत्याउँदै विदेशी योजनामा अघि बढेको आरोप लगाए ।
नयाँ भन्नेहरुले पनि जेनजीहरुको त्याग तपस्या र बलिदानको अबमूल्यन गरेको आरोप लगाए ।

संज्यालले नयाँ भनिएकाहरुले पनि सामाजिक संजालमार्फत भाईरल भएकै भरमा तथा आफन्तलाई समानुपातिकमा सूचिमा राखेकोप्रति आपत्ति जनाए । त्यसैगरी सो कार्यक्रममा जेनजीहरु निराजन संज्याल र अनिष श्रेष्ठले सहिद परिवार तथा घाईतेहरुको माग संबोधन गर्न आग्रह गरे ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend