बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

क्रिसमस इभको पावरबल ड्रमा कोलोराडोका चार जनाले जिते लाखौँ डलर

क्रिसमस इभको पावरबल ड्रमा कोलोराडोका चार जनाले जिते लाखौँ डलर

179
Shares
179
Shares

कोलोराडो । क्रिसमस इभको पावरबल ड्रमा कोलोराडोका चार जनाले ठुला पुरस्कार जित्दै चाडपर्वको खुसी थपेका छन्। ड्रको समयमा पावरबल ज्याकपोट १.८ अर्ब डलरभन्दा बढी रहेको थियो। विजेतामध्ये कसैले ५ लाख डलर र कसैले १ लाख डलर पुरस्कार प्राप्त गरेका छन्।

कोलोराडो स्प्रिङ्समा दुई जना विजेता परेका छन्। तीमध्ये एक जनाले आई–२५ नजिक ब्याप्टिस्ट रोडस्थित किङ सूपर्सबाट खरिद गरेको टिकटबाट ५ लाख डलर जितेका छन् भने सेन्टेनियल बुलेभार्ड र वेस्ट फिलमोर स्ट्रिट नजिकको सर्कल केबाट टिकट किनेका अर्का व्यक्तिले १ लाख डलर जितेका छन्।

त्यसै गरी, पुएब्लोका एक स्थानीय बासिन्दाले हाइवे ९६ नजिक साउथ प्रेरी एभेन्युस्थित आल्टा कन्भिनियन्स स्टोरबाट खरिद गरेको टिकटबाट १ लाख डलर जितेका छन्। चौथो विजेता डेनभरको दक्षिण–पूर्वमा पर्ने लोन ट्रीमा रहेको ७–इलेभेनबाट टिकट खरिद गरी १ लाख डलरको पुरस्कार जित्न सफल भएका छन्।

१.८ अर्ब डलरको मुख्य ज्याकपोट भने क्रिसमस इभकै ड्रमा अर्कान्सासमा बिक्री भएको टिकटले जितेको हो। यससँगै, आइतबार डिसेम्बर २८ का लागि अनुमानित पावरबल ज्याकपोट ३३ मिलियन डलरमा झरेको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend