बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

बालेन लक्षित हर्क साम्पाङको टिप्पणी: सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ

बालेन लक्षित हर्क साम्पाङको टिप्पणी: सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ

56
Shares
56
Shares

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् ।

आइतबार रवि–बालेन बीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा तानिएका मान्छेहरूसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि चुनावमा आउन लागेको भन्दै यस्तो व्यक्तिलाई सबै नेपालीले प्रश्न गर्नुपर्ने बताए ।

उनले भने, ‘जेनजी आन्दोलनको मागको सम्बोधन जसले गर्दैन, चुनावको कुरा बाहेक अरू केही पनि गर्दैन । त्यस्तो खालको व्यक्ति को होला र त्यो व्यक्ति फेरि चुनावमा आउने भन्ने कुरा पनि सुनिरहेको छु । सहकारी केश के केमा तानिएका मान्छेहरूसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि एउटा मान्छे लुकेर बस्ने मान्छेलाई प्रत्येक नेपालीले प्रश्न गर्नुपर्छ ।’

यस्तै, उनले ७०, ८० जना मान्छेको मृत्यु हुँदा, जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा खरानी भएको देश टुलुटुलु भित्र बस्ने व्यक्ति अहिले बाहिर आउन लागेको पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘एउटा विदेशी दलाल जो भित्रभित्र लुकेर खेल खेल्छ, डर लाग्दो खेल खेल्छ । जेनजीलाई उक्साएर आन्दोलनमा लड्न पठाउँछ, जब ७०, ८० जना मान्छेको मृत्यु हुन्छ, सयौँ मान्छे घाइते हुन्छ । एउटा जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा देश जलेर खरानी हुन्छ त्यो खरानी भएको देश टुलुटुलु भित्र बसेर हेरिरहन्छ, मुसुमुसु हाँसेर, बाहिर आउँदैन । त्यति बेला सघाइदिनुपर्‍यो भनेर जेनजीले बोउदा आउने सहास गर्दैन । तर भित्र बसेर विदेशी शक्तिको सेटिङमा फलाना यस्तो, उस्तो भनेर एउटा आफ्नै मातहतको सरकार बनाउँछ ।’ उनले एमसिसी र सहकारीसँग जोडेर रवि लक्षित टिप्पणी पनि गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend