काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आगामी निर्वाचनलाई लक्षित गर्दै ७ बुँदे सहमति भएको छ। दुवै नेताबीच आपसी सहकार्य र तालमेलका आधारमा चुनावी प्रक्रियामा अघि बढ्ने समझदारी बनेको हो।
सहमति अनुसार रास्वपा आगामी निर्वाचनमा ‘घण्टी’ चुनाव चिह्नबाट सहभागी हुनेछ। सहमतिपत्रमा पार्टीको औपचारिक नेतृत्व रास्वपाका सभापति रवि लामिछानेकै हातमा रहने उल्लेख गरिएको छ।
त्यस्तै, आगामी प्रतिनिधिसभा निर्वाचनपछि बन्ने संसदीय दलको नेताका रूपमा बालेन साहलाई अघि सार्ने तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ। सहमतिले वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउने र नयाँ राजनीतिक धारलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
यस सहमतिलाई आगामी निर्वाचनमा नयाँ राजनीतिक गठबन्धनको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ भने यसले नेपाली राजनीतिमा नयाँ बहस र चासो पैदा गरेको छ।

७ बुँदे सहमति
१. नवयुवाहरुले भ्र’ष्टाचार र कुशा”सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend