बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते

ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते

55
Shares
55
Shares

रौतहट । कटहरिया नगरपालिका–९, डुमरिया स्थित ज्योती डिस्टलरी प्रा.लीमा शनिबार बिहान बोइलर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्।

प्रहरीका अनुसार उद्योगमा कार्यरत ५१ वर्ष जगदिश यादव, ५५ वर्षको बिगन यादव र ४० वर्षको मुकेश यादव घाइते छन । उनीहरूको हातखुट्टा जलेको र अवस्था चिन्ताजनक रहेको छ । विस्फोटबाट ४५ वर्षको रहमोद आलम, ३५ वर्षको प्रमजित यादव र ४० वर्षको कैलाश माली मध्यम घाइते भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मेन्द्र पौडेलले जानकारी दिए ।

घटनास्थलमा मृत्यु हुनेको नाम लक्ष्मण राय यादव वर्ष ४५ का रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया, गरुडा र लक्ष्मिनिया विजयपुरबाट प्रहरी टोली खटाएर घाइते उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

विस्फोटले उद्योगको भौतिक संरचनामा पूर्ण क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ। घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर रहेकाले थप उपचार भइरहेको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend