बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

रवि लामिछानेलाई प्रश्न : लौरो टेक्ने कि घण्टी बजाउने ?

रवि लामिछानेलाई प्रश्न : लौरो टेक्ने कि घण्टी बजाउने ?

52
Shares
52
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) साहबीच भेटवार्ता भएको छ । बिहीबार उनीहरुबीच कुपण्डोलस्थित कुमार बेनको निवासमा भेटवार्ता भएको हो ।

भेटवार्तापछि बाहिरिँदै सञ्चारर्कीहरुसँग कुरा गर्दै लामिछानेले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । बालेनले लौरो टेक्छन् कि घण्टी बजाउँछन् भन्दै सञ्चारकर्मीले लामिछानेलाई प्रश्न गरेका थिए । सोको जवाफ दिँदै लामिछानेले अलिकति प्रतिक्षा गनुपर्ने जवाफ दिएका छन् ।

बाक्लो भीडबीच सञ्चारकर्मीले ‘लौरो टेक्ने हो कि घण्टी बजाउने हो ?’ भनेर गरेको प्रश्नमा उनले भने, ‘अलिकति पर्खनुस् न । के भयो ? वार्ता राम्रो भयो मेरो अनुहारमा देख्नुभएन ? चमक छ हैन ? हो त्यही ।’

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend