काठमाडौँ । लगातार पानी परिरहेकाले डेङु (Dengue) रोग फैलिने खतरा बढेको छ । यसकारण काठमाडौँ महानगरपालिकाले बिशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
एक महिनादेखि निरन्तर पानी परिरहेकाले डेङु (Dengue)फैलाउने “एडिज” प्रजातिको लामखुट्टे (मच्छर) बढेको छ । महानगरका स्वास्थ्य अधिकारी ऋषि भुषालले यसबारे जानकारी दिए । उनले भने, “कुनै व्यक्ति डेङुले सकेमा वडाको स्वास्थ्य केन्द्रबाट सिटामोल र जीवनजल जस्ता औषधि पाउन सकिने छ ।”
मौसम विभागले यस वर्ष धेरै पानी पर्ने अनुमान गरेकाले डेङुको खतरा अझ बढ्न सक्छ । यसैले स्वास्थ्यकर्मी, स्वयंसेवकहरू र सफाईकर्मीहरूले आफ्नो क्षेत्रमा पानी जम्ने ठाउँहरू सफा गरिरहेका छन् ।
डेङु रोक्न विद्यालयहरूमा जागरुकता कार्यक्रम चलाइएको छ । महानगरका ३२ वडाका कक्षा ८ देखि १० का विद्यार्थीलाई यसबारे शिक्षा दिइएको छ ।
डेङु (Dengue) लक्षणहरू:
तेज ज्वरो
आँखा रातो हुने
टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने
थकान लाग्ने
शरीरमा रातो दाग देखिने
नाक वा मुखबाट रगत आउने
डेङु (Dengue) बाट कसरी बच्ने?
घर वरिपरि पानी नजम्न दिने
पानीको भाँडो ढाकेर राख्ने
झ्याल-ढोकामा जाली लगाउने
मच्छरदानी प्रयोग गर्ने
पूरा बाक्लो लुगा लगाउने
फोहर वस्तु (टायर, बोतल, प्लास्टिक) हटाउने
पानी ट्याङ्की, गमला, फूलदानी नियमित सफा गर्ने
महानगरपालिकाले सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend