बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अमर बचाउ अभियान सुुरु, आन्दोलनका कार्यक्रम घोषणा

अमर बचाउ अभियान सुुरु, आन्दोलनका कार्यक्रम घोषणा

30
Shares
30
Shares

काठमाडौं । दुबई अदालतले मुत्युदण्डको फैसला सुनाएका दार्चुला जिल्ला दुहुँ गाउँपालिका धारीका अमरबहादुर बमको बचाउका लागि अभियान सुरु भएको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बमको रिहाईको लागि सरकारले पहल नगरे कडा संघर्ष गर्ने आयोजकले चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा अभियान्ता रजमान तामाङले बमको रिहाईका लागि चरणबद्ध संघर्ष गर्ने जनाउँदै पहिलो चरणमा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

२२ वर्षदेखि निर्दोष हुँदाहुँदै पनि नेपाल सरकारको गैरजिम्मेवारीका कारण बमले मृत्युदण्डको सजाय कुरिरहेको बताउँदै भने, ‘नागरिकप्रतिको राज्यको बेवास्ता र बम जस्तै हजारौं नागरिकलाई विदेशी भूमिमा मर्न दिने समवेदनाहीन कार्यप्रति हामी खेद प्रकट गर्दछौं ।’

त्यस्तै अभियान्ता जन्मदेव जैसीले नेपाल सरकारको ध्यानार्कषण गराउन र बमको रिहाईको पहलका लागि दबाब दिन देशव्यापी अभियान थालिएको बताए ।

त्यसैगरि दार्चुला निवासी तथा पीडित बमका छिमेकी करनसिंह बडालले अमरबहादुर बमको रिहाई गर्न बमको परिवार र आफन्तहरु पटक–पटक राजधानी काठमाडौं पुगेर सबै राजनीतिक दल तथा सरकारसँग गुहार माग्दा पनि न्याय नपाउँदा संघर्षका कार्यक्रम गर्न बाध्य भएको बताउँछन् ।

अमरबहादुर बम भारतीयहरुको सवारी चालकका रुपमा युएई पुगेको र सन् २००३ मा एक भारतीय क्लबमा भएको गोलिकाण्डको अभियुक्त रहेको भन्दै यूएईको अदालतले बमलाई मृत्युदण्ड सुनाएको बताए ।

सो मुद्दाको अनुसन्धानदेखि फैसलासम्म पुग्दा घटनामा संलग्न दुई जना भारतीय नागरिकले नै बम निर्दोष रहेको अदालत समक्ष लिखित बयान बुझाइसकेकोले नेपाल सरकारले पहल गर्दा उनी मृत्यु दण्डबाट बच्ने अवस्था रहेको दाबी गरे ।

संघर्षका कार्यक्रमहरुः
२०८२ पुष ११ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँने ।
१२ गतेदेखि सामाजिक सञ्जालमा फोटोसहिति सरकार ‘निर्दोष अमरलाई बचाउ’ भनेर अभियान चलाउने ।
१४ गते काठमाडौं स्थिति युएईको राजदूतावासलाई पत्र बुझाउने ।
१६ गते प्रधानमन्त्रीलाई ह्यासट्याग गरेर सामाजिक सञ्जाल अभियान चलाउने ।
१७ गते सबै मन्त्रीसहित प्रधानमन्त्रीलाई एसएमएस पठाउने ।
२० गते हस्ताक्षर अभियान गर्ने ।
२२ गतेत संकलित हस्ताक्षर पराष्ट्र मन्त्रालयलाई बुझाउने ।
त्यसपछि पनि सरकारद्वारा अमरलाई बचाउने पहल नगरिए थप दोस्रो चरणका संघर्षका कार्यक्रमहरु गरिने अमर बहादुर बम बचाउ अभियानले चेतावनी दिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend