बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

‘झरीपछिको इन्द्रेणी’मा समाजको कथा र मनोरन्जन छ : रमेश उप्रेती

‘झरीपछिको इन्द्रेणी’मा समाजको कथा र मनोरन्जन छ : रमेश उप्रेती

45
Shares
45
Shares

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज (पौष ४ गते) बाट देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्र शुक्रबारदेखि हलमा लागेको हो ।

चलचित्रका अभिनेता रमेश उप्रेतीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै ‘झरीपछिको इन्द्रेणी’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित फिल्म भएको बताएका छन् । उनले चलचित्रको मुख्य उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु नै भएको उल्लेख गरे । अभिनेता उप्रेतीले समाजमा भएको विसंगति, बेथिति, भ्रष्टाचार र अनमियताको जुन कुरा चाहिँ हुनु हुँदैन भन्ने म्यासेज दिएको पनि बताए ।

उनले भने, ‘एउटा सिनेमा रिलिज हुँदैछ पुष ४ गते । फिल्मको मूल उद्देश्य भनेकै इन्टरटेन हो । इन्टरटेन त छँदै छ, त्यसको अलावा अब अलिकति समसामायिक विषयवस्तुमा घरघरका कहानीहरु, वडा वडाका कहानीहरु, देशमा भएको बेथिति, विसंगति, भ्रष्टाचार, अनिमितता छ । अनि युवाहरुमा भएको एउटा अन्योलताको समिश्रण नै हो ‘झरी पछिको इन्द्रेणी ।’ समाजमा भएको विसंगति, बेथिति, भ्रष्टाचार र अनमिताको जुन कुरा चाहिँ हुनु हुँदैन भन्ने म्यासेज पनि छ ।’ उनका अनुसार चलचित्रमा अहिलेको समाजका समसामयिक विषयवस्तु समेटिएका छन् ।

अभिनेता उप्रेतीले यस चलचित्रमा आफ्नो भूमिका अघिल्ला फिल्मभन्दा फरक रहेको पनि बताए । फिल्म फ्यामिली जनराको भएको उल्लेख गर्दै उनले यो चलचित्र हरेक वर्ग र हरेक पुस्तालाई प्रतिनिधित्व गर्ने सामाजिक फिल्म भएको बताए । समाजमा हुनु नपर्ने विकृति, विसंगति र भ्रष्टाचारप्रति सचेत गराउँदै आशा जगाउने सन्देश फिल्मले दिने उनको भनाइ छ ।

‘पहिलेजस्तै भूमिका दोहो¥याउनु भन्दा केही नयाँ र फरक गर्न मजा लाग्छ । यही कारणले मैंले यो फिल्म रोजेको हुँ । फरकपन दर्शकले हलमा गएर हेर्दा महसुस गर्नुहुनेछ । सिनेमाले समाज परिवर्तन गर्ने दाबी गर्नु हुँदैन, सिनेमाको मूल काम मनोरञ्जन हो,’ उनले भने, ‘दर्शक हलबाट निस्कँदा पैसा असुल भयो, केही घण्टा रमाइलो भयो, रिफ्रेस भयो भन्ने महसुस गरून् भन्ने हाम्रो चाहना हो ।’

‘झरीपछिको इन्द्रेणी’ ले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक यथार्थको अनुभूति गराउने विश्वास निर्माण टिमले लिएको छ ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend