बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

एमाले महाधिवेशन : उत्साहपुर्ण मतदान प्रक्रिया सुरु

एमाले महाधिवेशन : उत्साहपुर्ण मतदान प्रक्रिया सुरु

54
Shares
54
Shares

काठमाडौं । आज नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन बिहान आठ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । निर्धारित समयमै सुरु भएको मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् ।

मतदान स्थलमा उत्साहपूर्ण वातावरण छ भने प्रतिनिधिहरू र उम्मेदवारहरू एक अर्कासँग चिनजान गर्दै भोट मागिरहेका छन्।‎मतदान लाइनमा महिला र पुरुष प्रतिनिधि एउटै स्थानमा बसेको विषयमा जिज्ञासा राख्दा दुई जना महिला प्रतिनिधिले कुनै समस्या नरहेको स्पष्ट पारे।

उनीहरूले महिला र पुरुषलाई फरक–फरक रूपमा हेर्नु आवश्यक नरहेको बताउँदै ‘हामी महिला–पुरुष भनेका एक रथका दुई पाङ्ग्रा हौँ,’ भन्दै आपसी सम्मान र सकारात्मक सोचका साथ लाइनमा बसेको प्रतिक्रिया दिए ।

‎उनीहरूले जुनसुकै ठाउँमा पनि महिला–पुरुष भनेर छुट्याउनुभन्दा समान सहभागिता र समान अवसरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। पार्टीभित्र लैङ्गिक समानताको अभ्यास व्यवहारमै देखिनु सकारात्मक सन्देश भएको उनीहरूको भनाई छ।

‎यसैबीच प्रतिनिधिहरूले मतदान प्रक्रिया भोटिङ मेसिनमार्फत भइरहेको जानकारी दिएका छन्। प्राविधिक कारणले हिजो हुनुपर्ने मतदान आज सारिएको भए पनि अहिले प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ। यदि कसैले भोट हाल्न नजानेको अवस्थामा सिकाउने र सहयोग गर्ने व्यवस्था गरिएको पनि प्रतिनिधिहरूले बताए।

‎प्रतिनिधिहरूले चुनावी प्रक्रियाबाट जुन नेतृत्व आए पनि स्वीकार्य हुने स्पष्ट पारे। लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचित नेतृत्वलाई सबैले साथ, सहयोग र समर्थन गर्नुपर्नेमा उनीहरूको जोड थियो।

‎‘जो आए पनि नेकपा एमालेको समग्र अभिभावक भएर आउने नेतृत्व हो,’ एक प्रतिनिधिले भने, ‘त्यसैले व्यक्तिगत हार–जितभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउने जिम्मेवारी हामी सबैको हो,’ यस भनाइले महाधिवेशनको लोकतान्त्रिक अभ्यास र एकताको सन्देशलाई थप बलियो भएको प्रतिनिधीको भनाई छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend