बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एमाले महाधिवेशनका प्रतिनिधिहरु भन्छन्: पार्टी रुपान्तरण हुनुपर्छ, सबैलाई समेट्नुपर्छ

एमाले महाधिवेशनका प्रतिनिधिहरु भन्छन्: पार्टी रुपान्तरण हुनुपर्छ, सबैलाई समेट्नुपर्छ

46
Shares
46
Shares

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको छ । विद्युतीय मतदान उपकरणमार्फत मतदानको अन्तिम तयारी भइरहेको छ ।

एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र इश्वर पोखरेलको अलग अलग प्यानल बनेकाले प्रतिनिधिहरु आफ्ना नेतालाई भोट माग्न व्यस्त देखिन्छ । अध्यक्षका उम्मेदवार ओली र पोखरेलका पक्ष एवम विपक्षमा नारावाजी लगाउँदै मत माग्नेहरुको भीड देखिन्छ । २२६३ प्रतिनिधि रहेको महाधिवेशनमा एक पटकमा ८० जनाले विभिन्न विद्युतीय उपकरणमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । माहोल उत्साहजन देखिन्छ ।

संभवत आज साँझ ७ बजेदेखि राति १ बजेसम्म ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अनुमान गरिएको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा अधिकांश प्रतिनिधि एवम शुभेच्छुकहरुले एमालेभित्र रुपान्तरण खोजेको प्रतिक्रिया दिएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend