बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

समानुपातिकका दलले पाए चुनाव चिन्ह

समानुपातिकका दलले पाए चुनाव चिन्ह

46
Shares
46
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ।

निर्वाचन आयोगका अनुसार शुक्रबार ती दलहरूको दर्ता प्रक्रिया सम्पन्न गर्दै सम्बन्धित चुनाव चिन्हसमेत उपलब्ध गराइएको हो। सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिएअनुसार समानुपातिक प्रणालीअन्तर्गत निर्वाचनमा सहभागी हुन मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयसीमाभित्र दलहरूले आवेदन दिएका थिए।

यस निर्वाचन प्रणालीतर्फ कुल १०० राजनीतिक दलले आवेदन दिएका भए पनि दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिन्ह प्रयोग गर्ने गरी आवेदन दिएका कारण जम्मा ९३ वटा मात्र चुनाव चिन्ह कायम गरिएको आयोगले जनाएको छ।

आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा दलहरूको क्रमसङ्ख्या र चुनाव चिन्ह निर्धारण गरेको छ भने बाँकी दलहरूलाई दर्ताका आधारमा चिन्ह प्रदान गरिएको छ।

क्रमअनुसार पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको छाता र सातौँमा लाउड स्पिकर चुनाव चिन्ह निर्धारण गरिएको छ।

त्यसैगरी पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसिया लगायतका विभिन्न चुनाव चिन्ह पनि तोकिएका छन्।

आयोगका अनुसार नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले एकल चुनाव चिन्हका रूपमा बस प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल चिन्हका रूपमा चकिया (जाँतो) पाएका छन्।

नेकपा (मार्क्सवादी) र नेपाल कम्युनिस्ट पार्टीले कोदालो, भने सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले जगर भएको सिंहलाई एकल चुनाव चिन्हका रूपमा प्राप्त गरेका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend