बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

लुसियाना टेक युनिभर्सिटीका दुई नेपाली विद्यार्थीहरुको कार दुर्घटनामा मृत्यु

लुसियाना टेक युनिभर्सिटीका दुई नेपाली विद्यार्थीहरुको कार दुर्घटनामा मृत्यु

2.2K
Shares
2.2K
Shares

लुसियाना, अमेरिका । लुसियाना टेक युनिभर्सिटीका दुई नेपाली विद्यार्थीको एक कार दुर्घटनामा मृत्यु भएको छ भने दुई अन्य घाइते भएका छन् । लुसियाना राज्य प्रहरीले उक्त कार दुर्घटनाको जाँच गरिरहेका छन् । यो दुर्घटना शनिवार जुलाई १३, स्थानीय समय अनुसार राति करिब ९ बजे भएको हो । मृतकहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली हुन् ।

प्रहरीले बताए अनुसार, यादवले भारी वर्षाको बेलामा यूएस हाइवे ८० मा २०१० सालको होन्डा एकोर्ड कार चलाउँदै थिए, जसमा ओली र दुई अन्य यात्रु सवार थिए । कार सडकबाट उछिट्टिएर रूखमा ठोकिएर आगो लागेको थियो ।

यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरूले सीटबेल्ट लगाएका थिए कि थिएनन् भन्ने अहिले निश्चित छैन । कारमा सवार अन्य दुई यात्रुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । प्रहरीले मदिरा वा ड्रग्स जाँच गर्न नमुना लिएका छन् र नतिजा पछि पुष्टि हुनेछ । लुसियाना टेक युनिभर्सिटीले जुलाई १४ मा यस दुखद घटनाको बारेमा वक्तव्य जारी गरेको छ ।

युनिभर्सिटीले विद्यार्थीहरूका लागि परामर्श सेवा उपलब्ध रहेको बताएको छ । परामर्शको लागि विद्यार्थीहरूले किनी हल, कोठा ३३७ मा जान सक्छन् वा (३१८) २५७-२४८८ मा कल गरेर समय लिन सक्छन् । अन्तर्राष्ट्रिय कार्यालयले शोक सभा आयोजना गर्न लागेको छ र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्न तयार छ । उनीहरूलाई (३१८) २५७-४३२१ मा फोन गरेर सम्पर्क गर्न सकिन्छ ।

युनिभर्सिटीका अध्यक्ष जिम हेन्डरसनले फेसबुकमा यस्तो लेखेका छन्: “हामीले सप्ताहन्तमा दुई अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कार दुर्घटनामा गुमाएका छौँ । लुसियाना टेक परिवारले यी विद्यार्थीहरूको निधनले गहिरो शोक व्यक्त गरेको छ । दुई अन्य विद्यार्थी गम्भीर घाइते भएर अस्पतालमा उपचार भैरहेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend