न्युयोर्क । ममता राई अफिसियल (Mamata Rai ENT) युट्युब च्यानलमार्फत “पुर्वै घुमेर” बोलको प्रेमरसले भरिएको म्युजिक भिडियो नोभेम्बर २९ मा सार्वजनिक गरिएको छ। उक्त गीतमा मुख्य स्वर लोकप्रिय गायीका मेलिना राई र गायक कृष्ण भक्त राईले दिएका छन् भने कोरसमा विनुसा राई र मनमा भी राईको आवाज सुन्न सकिन्छ। गीतको संगीत पनि कृष्ण भक्त राईकै रहेको छ। Mixing र Mastering राजन कार्कीले गरेका हुन् ।
पुर्वको साल्पा–सिलिचुङ यात्रा क्रममा भेटिएका दुई प्रेमिल पात्रबीच विकसित भएको आकर्षक प्रेमकथालाई समेटेर तयार गरिएको यो गीतका शब्द अमेरिका निवासी गीतकार ममता राईले लेखेकी हुन्। उनका यसअघि प्रकाशित थुप्रै गीतहरू श्रोतामाझ प्रशंसा पाइसकेका छन् ।
गायीका मेलिना राई, जो “द भोइस अफ नेपाल” की कोच समेत हुन्, यसअघिनै ९ वर्षअघि ममता राईकै “सम्झी सम्झी” गीतमा आवाज दिइसकेकी थिइन्। त्यस्तै गायक कृष्ण भक्त राई पनि पुर्वेली भाकामा चर्चित नाम हुन्। उनले ५ वर्षअघि ममता राईकै शब्दमा बनेको लोकप्रिय गीत “तारे भिर” मा संगीत र स्वर दिएका थिए, जसलाई दर्शक–श्रोताले निकै मन पराएका थिए ।
मोडेल तथा प्र्याङ स्टार एलिस राई र ममता खालिङ राईको आकर्षक अभिनय रहेको “पूर्वै घुमेर” को निर्देशन तथा कोरियोग्राफी एलिस राईले नै गरेका छन्। असिस्ट/कोरियोग्राफी निर्देशन सरोज मुक्तान र उत्सना राईले सम्हालेका छन्। गीत निर्माणका लागि आर्थिक प्रायोजन अमेरिका निवासी रोशन राई र गीतकार ममता राई स्वयंले गरेका हुन् ।
गीत रेकर्डिङतर्फ, मेलिना राईले Studio King मा र गायक कृष्ण भक्त राईले धरानस्थित Music Media मा रेकर्ड गराएका हुन्। सम्पुर्ण गीत निर्माणमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै गीतकार ममता राईले Studio King का मालिक मनोज सान्सुङ राईप्रति विशेष आभार व्यक्त गरेकी छन्।
म्युजिक भिडियो हेर्न लिंक: 👇
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend