काठमाडौँ । नेत्री सुमना श्रेष्ठले कुनै पनि नागरिकले नागरिक भएर बाच्नको लागि राजनीतिक दलको फेर समात्नुपर्ने र कसैको कृपामा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छिन् ।
बुधवार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले नेपालको मुद्दा भ्रष्टाचार, नातावाद र कृपावादलाई पार्टीले मूल मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘भदौ २३ र २४ गतेको जुन मूल मुद्दा छ । त्यसलाई अंगिकार गर्नुहोला । त्यो हो नेपालको मूल मुद्दा भ्रष्टाचार, नातावाद र कृपावाद हो । कुनै पनि नागरिकले नागरिक भएर बाच्नको लागि कुनै पनि राजनीतिक दलको फेर समात्नुपर्ने, कसैको कृपामा बस्नुपर्ने अवस्थाको अन्त्य यो पार्टीले गरोस् ।’
त्यस्तै, उनले आफु अहिले एकताको अभियानमा रहेको बताउँदै एकताको बाटोमा गएर पुराना पार्टीको संस्कारलाई फाल्नको लागि फराकिलो छाती बनाउनुपर्ने धारणा राखिन् । अबको बाटो भनेको सुशासन र विभेदरहित समाज रहेको उनको भनाई छ ।
‘धेरैले सोध्छन् सुमना कहाँ छ ? सुमना एकतामा छ । एकता हुनै पर्छ । एकताको बाटोमा गएर यो पुराना पार्टीको संस्कारलाई फाल्नको लागि फराकिलो छाती बनाऊ । अबको बाटो भनेको सुशासनको बाटो हो र विभेदरहित समाज पनि अर्को बाटो हो ।’
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend