बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ

वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ

32
Shares
32
Shares

रौतहट । पर्सा प्रहरीले लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा न. १५ प्रतिमा चोकको सडकमा मंगलबार बिहान पैदल हिँड्दै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

पर्साको धोबिनी गाउँपालिका–५ धोबिनी गाउँ घर भएका ४८ वर्षीय सम्सुल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार मियाँले बोकेको कालो रंगको प्लास्टिकको झोलाबाट लागूऔषध चरेस १० केजी बरामद भएको छ ।

चरेससहित पक्राउ गरिएका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनी विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend