बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

पुर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

पुर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

52
Shares
52
Shares

काठमाडौं । नेपाल प्रहरीका पुर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी कार्यवाहक सभापति डिपी अर्यालसहित रास्वपाको नेताहरूले उनलाई रास्वपामा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशको क्रममा उनले स्वतन्त्र पार्टी परिवर्तनको लागि इमान्दार व्यक्तिहरु जोडिएको भएको भन्दै यही पार्टीबाट मात्र नेपालको विकास र समृद्धिको बाटो अगाडि बढ्ने बताए । उनले रास्वाबाट मात्रै व्याप्त भ्रष्टाचार र कुशासनको अन्त्य हुन सक्छ भन्ने ठम्याईको कारण आफु जोडिएको धारणा राखे ।

उनले भने,‘स्वतन्त्र पार्टी परिवर्तनको लागि इमान्दार व्यक्तिहरु जोडिएको पार्टी हो । यो पार्टीबाट मात्र नेपालको विकास र समृद्धिको पार्टी अगाडि जान सक्छ । व्याप्त भ्रष्टाचार र कुशासनको अन्त्य हुन सक्छ । यो ठम्याईको कारण म यो पार्टीमा प्रवेश गरेको हुँ ।

त्यस्तै उनले सभापति रवि लामिछानेको आँट, क्षमता र उनीप्रतिको जनताको विश्वास हेर्दा नेपालको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै मुलुकको सम्पूर्ण परिस्थितिको परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास आफूलाई लागेको उनको भनाई छ ।

उनले भने,‘यो पार्टीका सभापति रवि लामिछानेको आँट, क्षमता र उहाँप्रति जनताको विश्वास हेर्दा साच्चै नै नेपालको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै यो मुलुकको सम्पुर्ण परिस्थितिको परिवर्तन हुन सक्छ । जुन अप्ठ्यारो अवस्थामा हामी छौं । पुराना पार्टीले जनताको विश्वास गुमाएको अवस्था छ । यो अवस्थामा रास्वपाले मात्रै जनताको विश्वास जित्छ भनेर प्रवेश गरेको हुँ । मैले धेरै कुरा बुझेर यो पार्टीमा के राम्रो कुरा छन् ,यो पार्टीबाट देशमा के योगदान पुर्याउन सकिन्छ भनेर बुझेर नै यो पार्टीमा आवद्ध भएको हुँ ।’

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend