काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस लिने काण्डमा फसेका छन् । कर्मचारी सरुवा गराउने बहानामा उनले घुस लिएको आरोप लागेको छ ।
यो मामिलामा अख्तियार आयोगले छानबिन सुरु गरेको छ । मन्त्री गुप्ताले कास्कीका मालपोत कार्यालय प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस मागेको आरोप छ । यसको समर्थनमा घुसको डिल सम्बन्धित अडियो र नोटहरूको फोटो सार्वजनिक भएका छन् ।
अडियोमा मन्त्री गुप्ता र एक महिला बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्तिको लागि पैसाको कुराकानी गर्दै सुनिन्छन् । उनीहरूले एमाले नेता खेमबहादुर पुनलाई कास्की भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ घुसको डिल गरेको पनि सुनिएको छ ।
तर भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले यसलाई झूटो भन्दै आफूलाई कुनै जानकारी नभएको बताएका छन् । उनले भने, “कसले के भन्छ, मलाई त यसको बारेमा केही थाहा छैन ।”
अख्तियार आयोगले यो मामिलामा गम्भीर छानबिन गरिरहेको छ । घुसको डिल सम्बन्धी १० मिनेट लामो अडियो र अन्य प्रमाणहरू आयोगसँमा पेश गरिएका छन् । अब मन्त्री गुप्ताको भविष्य के हुने भन्ने कुरामा सबैको नजर छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend