काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा पेस गरेको छ, जसले देउवा पुनः सक्रिय राजनीतिमा फर्किएको सन्देश दिएको छ। सिंगापुरमा उपचारपछि कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर पछाडि बसेका देउवालाई नै सभापतिमा राखिएपछि टिकट वितरणदेखि निर्वाचनसम्बन्धी गतिविधिमा उनको प्रभाव बढ्ने आकलन गरिएको छ।
महाधिवेशन कहिले गर्ने भन्ने विवादले कांग्रेसभित्र तानातान जारी रहेकाले विशेष महाधिवेशन पक्षधर नेताहरूले देउवाको नाममा दल दर्ता गरिएको कदमलाई नेतृत्व परिवर्तन टार्ने प्रयासको रूपमा व्याख्या गरेका छन्। अर्कोतर्फ, देउवा पक्षका नेताहरूले भने निर्वाचन प्रक्रिया सुचारु राख्न सभापतिको औपचारिक भुमिकालाई सक्रिय बनाइएको दाबी गर्दै पार्टी एकताका लागि देउवालाई ‘अभिभावक’ भुमिकामा राख्नुपर्ने मत समेत व्यक्त गरेका छन् ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend